समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित विश्वप्रशिद्ध हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरको मुलढोका सर्वसााधारणका लागि बन्द गरिएको छ ।

कोरोनाको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै मन्दिरमा भीडभाड हुन नदिनका लागि मन्दिरको मुलढोका सर्वसाधारणका लागि बन्द गरिएको मन्दिरका छोटे महन्थ रामरोशन दास वैषणवले बताए ।

दासले भने, ‘मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती अझै जारी रहेपनि मन्दिरको मुलढोका सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द गरिएको छ ।’

सन् १९११ मा स्थापना गरिएको जानकी मन्दिरको १ सय ९ वर्षको इतिहासमा पहिलो पटक सर्वसाधारणका लागि मुलढोका बन्द गरिएको उनले जानकारी दिए ।

भगवान सिताकोे जन्मोत्सव जानकी जन्म नवमी महोत्सवमा हुने विशेष कार्यक्रम धुमधामका साथ नमनाइएपनि सर्वसाधारणले आ–आफना घरमै ९ दिवसीय जानकि नवमि महन्थ दासले आग्रह गरेका हुन् ।

जानकिनवमीको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा विशेष पूजाअर्चना हुने गर्दथ्यो । तर यस पटक कोरोना भाइरसको त्रासका कारण जानकी नवमी समेत प्रभावित भएको छ ।

महन्थ दासले सर्वसाधारणलाइ आ–आफनै घरमा प्रत्येक साँझ भगवान आरति देखाइ ९ दिवसिय जानकि नवमि मनाउन आग्रह गरेका हुन् ।

जानकी नवमीको अवसरमा मन्दिरमा विशेष पूजा हुने भनिएपनि यसवर्ष कुनैपनि उत्सवको कार्यक्रम नरहेको महन्थ दासले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here