समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरलाई केन्द्र बनाएर तराईसमेत नेपालका विभिन्न जिल्लामा शाखा विस्तारगरी शिक्षा, स्वास्थ्य, बाल संरक्षण, सुशासन र विपद् व्यवस्थापनका लागि काम गर्ने गैरसरकारी संस्था आसमान नेपालले आपत्कालिन कोष स्थापना गरेको छ ।

प्रदेश २ का सबै तथा धादिङ र सल्यान लगायत जिल्लामा विभिन्न दातृ निकायसंग मिलेर काम गर्ने आसमानसंग करिब पाँच सयभन्दा बढी कर्मचारी आवद्ध छन् । ती सबै कर्मचारी, कार्यसमितिका पदाधिकारी तथा सधारण सदस्यले पाँच दिन बराबरको तलब, सुविधा वापत आउने रकम जम्मा गरेर कोष स्थापना गरिएको आसमानका कार्यकारी निर्देशक नवलकिशोर यादवले जानकारी दिए ।

स्थापनासँगै कोषमा करिब आठ लाखभन्दा बढी रकम जम्मा भएको उल्लेख गर्दै उनले आर्थिक सहयोगको आधारमा सर्वसधारलाई पनि जोड्ने नीति लिएको बताए । भविष्यमा आइपर्ने आपत्कालिन अवस्थालाई मध्यनजरगरी स्थापना गरिएको कोषको संरक्षण तथा परिचालनको लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसंग सहकार्य गरी अघि बढ्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here