समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरधाममा आरएफ फेसन शो एण्ड म्युजिकल ईभेन्ट सिजन २ हुने भएको छ । आरएफ फिल्म प्रोडक्सनको आयोजनामा सो हुने भएको छ ।

कार्यक्रम आयोजक संस्थाका बिपिन कर्णले पछिल्लो समय नेपाल फेसन हबको रुपमा परिचित भइरहेको र यसलाई थप प्रवद्र्धनको लागि आरएफ फेसन सो एण्ड मयुजिकल ईभेन्ट २ को आयोजना गर्न लागिएको हो ।

‘विगत पाँच दशक देखि नै नेपाल र नेपालीहरु विश्वका विद्यमान फेसनप्रति सजक रहँदै आएको छ । त्यसबेला देखि नै विभिन्न विश्वप्रख्यात अन्र्तराष्ट्रिय ब्राण्ड नेपालमा हुन्थ्यो,’ कर्ण भन्छन्, ‘विदेशी पर्यटकहरु समेत नेपालको मौलिक फेसन प्रति आकर्षण बढेको छ । यो सोले पर्यटन बर्षको लागि पनि पनि कोसो ढुङ्गो सावित हुनेछ ।’

नेपाल र अन्तराष्ट्रिय जगतमा भित्रिएको फेसनको जानकारीका साथै नेपाली डिजाइन र डिजाइनरको प्रचारको लागि फेसन शो महत्वपूर्ण हुने उनको दावी छ ।

सो को लागि अडिसन यहि फेब्रयुवरी ८ तारिखमा प्रोक्डक्सनको आफ्नै हल जनकपुरको जिरोमाईलमा हुनेछ ।

उक्त फेसन सोमा नेपालका ख्यातिप्राप्त मोडलले तथा कलाकारहरुको सहभागिता रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here