समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । आउँदो फागुन १७ गते(शनिवार) आरएफ फेसन शो एण्ड म्युजिकल इभेन्ट सिजन २ को भव्य फिनाले हुने भएको छ ।

रुपम फिल्मस्को आयोजनामा हुन लागेको फेसन शो एण्ड म्युजिकल ईभेन्ट सिजन २ मा नेपाली, भोजपुरी, तथा मैथिलीका चर्चित कलाकारहरु आउँने भएको छन् ।

पछिल्लो समय नेपाल फेसन हबको रुपमा परिचित भइरहेको र यसलाई थप प्रवद्र्धनको लागि आयोजना गर्न लागिएको रुपम फिल्मस्का बिपिन कर्णले जनाएको छ ।

‘विगत पाँच दशक देखि नै नेपाल र नेपालीहरु विश्वका विद्यमान फेसनप्रति सजक रहँदै आएको छ । त्यसबेला देखि नै विभिन्न विश्वप्रख्यात अन्र्तराष्ट्रिय ब्राण्ड नेपालमा हुन्थ्यो,’ कर्ण भन्छन्, ‘विदेशी पर्यटकहरु समेत नेपालको मौलिक फेसन प्रति आकर्षण बढेको छ । यो सोले पर्यटन बर्षको लागि पनि पनि कोसो ढुङ्गो सावित हुनेछ ।’

नेपाल र अन्तराष्ट्रिय जगतमा भित्रिएको फेसनको जानकारीका साथै नेपाली डिजाइन र डिजाइनरको प्रचारको लागि फेसन शो महत्वपूर्ण हुने उनको दावी छ ।

फेब्रयुवरी ८ तथा १२ तारिखमा भएको अडिसनबाट छनौट २५ जना मोडेलहरुले आफ्नो स्थानीय पहिरण, र्याम्प वाक लगायतका प्रतिभा देखाउने छन् ।

कार्यक्रममा मधेश तथा मैथिलीका ख्याती प्राप्त गायक सन्नु कुमार, सरोज सन्त, संतोष राज, आभाष लाभ मैथिलीका कलाकार निलम चौधरी, लेजिना सुवेदी , नेपालीका प्रनिसा कार्की लगायतका कलाकारहरु आफ्नो प्रस्तुति समेत देखाउँने छन् ।

जनकपुरधामको जिरोमाईल स्थित अन्नपूर्ण होटलमा आयोजना हुने शो को मिडिया पार्टनर समेत रहेको जनकपुरटाईम्स र साईमलकास्ट डट कमबाट प्रत्यक्ष प्रशासरण समेत गरिनेछ ।

शो दिनको २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here