समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


मुम्बई — पछिल्लो समय बलिउडमा सबभन्दा सफल अभिनेताका रुपमा देखिएका आयुश्मान खुरानाले आफ्नो पारिश्रमिक पनि त्यसै अनुपातमा बढाएका छन् ।

एउटा फिल्मको १० करोड पारिश्रमिक लिने गरेका खुरानाले अहिले त्यो रकम बढाएर ३० करोड पुर्‍याएको ‘मुम्बई मिरर’ ले लेखेको छ।

खुरानाका यस वर्ष तीन फिल्म आएकामा तीनवटै प्रशंसित र बक्स अफिसमा सफल समेत भए। उनका लगातार ७ वटा फिल्म हिट भएका छन्। पहिले एउटा फिल्मको २ करोड पारिश्रमिक लिने गरेका खुरानाले ‘बरेलीकी बर्फी’ को सफलतापछि १० करोड लिने गरेका थिए।

यस वर्ष ‘आर्टिकल १५’, ‘ड्रिम गर्ल’ र’बाला’ हिट भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here