समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम,३ फागुन ।

आफ्नै नक्कली अपहरण गराउने युवक आफ्नो ग्याङ्ग सहित धनुषामा पक्राउ परको छ । मुख्य योजनाकार रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ बेलौनी बस्ने राजकुमार साहको छोरा २२ वर्षिय अजय कुमार साहले आफ्नै साथीहरु सँग मिलेर आफ्नै अपहर गराएको घटना सार्वजनिक भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का २० वर्षिय समसाद नदाफ र रौतहट जिल्लाको गढिमाई नगरपालिकाको वडा नंं.८ बस्ने २५ वर्षिय अरबिन्द यादवसँग मिलेर गराएको नक्कली अपहरणमा अजयको साथीहरुलाई माघ २८ गते महोत्तरीको बर्दिबाँसबाट नियन्त्रणमा लिईएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।

फिरौतीमा तिनीहरुले १५ लाखको माग गरेपनि पछि बार्गेनिङ्ग गरेर ५ लाख लिन आएको एक जनालाई जनकपुरधामकै पुल चौकबाट र अर्को जनालाई महोत्तरीको बर्दिवासँबाट प्रहरीले पक्राउ गरेको थियोे । पछि गएर यस अपहरणमा मुख्य योजनाकार अजय कुमार साह स्वंय रहेको खुलेको प्रहरी उपरिक्षक खनालले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

माघ १५ गते आफ्नो साथीको बर्थडे पार्टीमा गएको साह घर नफर्के पछि घरपरिवारका मान्छे चिन्तीत भएपछि छोरा पहिला पनि यसरी नै दुई चारदिनसम्म घर नफर्कने वानी रहेकोले परिवारजनले प्रहरीमा खबर गरेको थिएन् । पछि गएर नेपाली फोनबाट छोराको माया भएन १५ लाख आफ्ै वा अरु मार्फत पठाउन भने पछि बार्गेनिङ्ग गरेपछि ५ लाख लिन तयार भएको थियो र यसै क्रममा प्रहरीलाई उजुरी दिएपछि प्रहरीले तिनीहरुलाई पक्राउ गर्न सफल भएको थियो ।

कुलतमा फसेको युवकहरु फिरौतीको रकमबाट मोटरसाईकल खरिद गरेर भारतको गोवा घुम्न जानको लागि योजना बनाई आफ्नै नक्कली अपहरण गराएको घटना सार्वजनिक भएको छ ।

पक्राउ परेका तिनै जनामाथि झुठा अपवाह फौलाएको कारण सार्वजनिक हित विरुद्धको कसुरमा म्याद थप गरेर अनुसन्धानमा राखेको प्रहरी उपरिक्षक खनालले बताए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here