समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २३ पुस ।

सिरहाको नवराजपुर गाउँपालिका वडा नं. १ स्थित गेरुवामा आगलागी हुँदा लाखौँ मुल्य बराबरको क्षति भएको छ।

स्थानीय रामेश्वर यादबको घरमा चुलोको खरानी बाहिर फालेको ठाँउवाट अचानक आगलागी हुँदा फुसको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो।

सोमवार विहान २ बजेतिर भएको आगलागीमा एउटा पाडी र दुईवटा खसीबाख्रा जलेका छन्। आगलागीमा ४० मुरी धान तथा अन्य भाडावर्तन, लत्ताकपडा, फर्निचर, साईकल गरी करिब रु.२ लाख २५ हजार बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

ईलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो।

यस्तै, आइतवार बेलुका महोत्तरीको औरही नगरपालिका ३ श्रीपुरस्थित महेन्द्र यादबको घरमा भएको आगलागीमा लाखौँ रुपैँया मूल्य बराबरको क्षति भएको छ।

फुसको घरमा आगो ताप्न बालेको घुरबाट अचानक आगो सल्किएर यादवको घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
यादवको घर नजिकै रहेको उनको अर्को घरमा समेत आगलागी हुँदा टेलिभिजन १ थान, साईकल १ थान, एउटा मोटरसाईकल, घरभित्रको नगद रु.१ लाख ५० हजार समेत जलेर नष्ट भएको छ।

आगलागीमा करिब रु.३ लाख ३५ हजार मुल्य बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्त डिएसपी दानबहादुर थापाले बताए। अस्थायी प्रहरी पोष्ट कठुधार महोत्तरीबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here