समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । वैदेशिक रोजगारीका क्रममा मृत्यू भएका एक परिवारलाई जनकपुरका एक बीमा कम्पनीले मृत्यू दाबी वापतको क्षतिपूर्ति भुक्तानी दिएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई १४ लाख रुपैँया क्षतिपूर्ति तिरेको छ ।

कम्पनीले धनुषा जिल्ला कमला नगरपालिका वडा नं. ६ सखुवा मडान निवासी नरेश कुमार मण्डलकी श्रीमती जीवछी देवी मण्डलललाई मृत्यू दाबी भुक्रानी वापतको १४ लाख रुपैँयाको चेक हस्तान्तरण गरेको छ । कम्पनीले उक्त रकम बराबरको चेक मृतकका बुवा शिव नारायण मण्डलको उपस्थितिमा मृतक पत्नीलाई हस्तान्तरण गरेको हो । मृतक रहमान एक वर्ष अगाडि मात्रै वैदेशिक रोजागारीका क्रममा कतार पुगेका थिए । मृतक मण्डलको वैदेशिक रोजागारीका क्रममा कतारमै मृत्यू भएको थियो ।

मृतक मण्डलको परिवारजनले उक्त बीमा कम्पनीको कार्यालयमा कागजात पेश गरेको तीन दिनमै बीमा कम्पनीले सो रकम बराबरको चेक उपलब्ध गराएको हो । विहिवार जनकपुरमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी जनकपुरका शाखा प्रमुख प्रभु नारायण यादवले सो चेक हस्तान्तरण गरेका हुन् ।

‘बीमा जोखिम बहनकै लागि हो र यदि केही कारणवश दुघर्टना वा सामान्य तवरले विमितको मृत्यू वा अंगभंग हुन्छ भन्ने पीडित परिवारले साधारण तरिकाले नै बीमा कम्पनीबाट पाउने अधिकार उसले लियोस भन्ने हाम्रो चाहना हुन्छ’ शाखा प्रमुख यादवले भने,–’कुनै पनि पीडित परिवार दुई पटक कार्यालय आउनुपर्ने अवस्था सृजना नहोस् भन्ने हाम्रो चाहना छ ।’

‘मेरो जिन्दगी उजाड भयो, बीमाको क्षतिपूर्ति वापत पाएको रकमले अब धान्नुपर्ने भयो’ मृतक पत्नी जीवछीले भनिन,–’बच्चाहरुको शिक्षादीक्षा तथा हेरचार गर्नुपर्ने भयो, बजारमा सुनेको जस्तो भुक्तानी पाउन झनझट नहुने भएकोले बीमा गराएकी छु ।’

मृतक मण्डलको एक श्रीमती र एक छोरी तथा एक छोरा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here