समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौ । भारतीय अधिकारीहरूले आइएसआइएसका  आतंकवादी नेपाल छिर्न सक्न दाबी गरेका छन् । भारतको उत्तर प्रदेशका तीन जिल्लामा लुकि बसेको हुन सक्ने बताउँदै उनीहरूले भारतीय अधिकारीहरूको घेरा तोडी भाग्न नसके नेपाल छिर्न सक्ने दाबी गरेका हुन् ।

ती अधिकारीहरूले नेपालसँग जोडिएको उत्तर प्रदेशका तीन जिल्लाको सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो । भारतीय अधिकारीहरूले महाराजगञ्ज,कुशीनगर र सिद्धार्थनगर जिल्लामा आइएसआएसका दुई आतंकवादी लुकि बसेको आंशकामा उच्च सतर्क अपनाउने आदेश दिएका छन् ।

उत्तर प्रदेशका आइजीपी आशुतोष कुमारले अब्दु समद र इलियास नाम गरेका आतंकवादी नेपाल छिर्न सक्ने बताए । गुप्त सूचनाका आधारमा प्राप्त फोटोको भरमा उनीहरूको खोजतलास द्रुतगतिमा भइरहेको उनले जनाए । यसअघि उनीहरूलाई पश्चिम बंगालको सिलगुडीमा देखिएको थियो ।

उनीहरू कुन आतंकवादी संगठनसँग जोडिएका हुन त्यो तत्काल थाहा हुन नसकेपनि उनीहरू आइएसआइएससँग जोडिएको आंशका गरिएको कुमारले जनाए । यसबारे नेपाली पक्षलाई जानकारी दिइएको र उताका प्रहारीले पनि उच्च सतर्कता अपनाएको उनले जनाएको जनसत्ताले आफ्नो समाचारमा उल्लेख गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here