समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तुष्ट पक्षको बहिस्कार गरेता पनि केन्द्रीय कार्यसमिति बैठकमा निर्णय प्रक्रिया अघि बढाएका छन् । उनले नेपाल तरुण दल को कार्यकाल थप गर्दै महाधिवेशन कार्यतालिका पारित गरेका हुन् ।

मंसिर २६ गतेदेखि सुरु भएको पार्टीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पटक पटक अनुपस्थित हुने गरेका छन् । उनी नरहेपछि सभापति देउवाले शुक्रबारको बैठकबाट बहुमतको आधारमा प्रस्तावित सबै एजेण्डा पास गर्दै पार्टीको एक वर्ष म्यादसमेत थप गरेका छन् ।

पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म सम्पन्न गर्ने गरी कार्यतालिका पारित, विभागको संख्या बढाएर ४१ पुर्याउने र तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय गरेको बैठकको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् ।

संस्थापन र संस्थापनइतर पक्षबीच बैठकको सहज सञ्चालनका लागि वार्ता टोली बनाएर दुई सातादेखि निरन्तर छलफल हुँदै आएको भएता पनि कुनै उपब्धि भने हुन सकेको छैन ।

प्याकेजमा सहमति जुटाउन देउवा पक्षले उसभापति विमलेन्द्र निधि र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय हृदयराम थानी र दिलेन्द्र बडू सदस्य रहेको वार्ता टोली बनाएको छ । तर दुई सातासम्म पनि सहमतिको मिलन विन्दुमा पुग्न नसकेपछि देउवाले बहुमतका आधारमा निर्णय लिएको हुन् ।

यता शुक्रबार पौडेल समूहका वार्ता टोली सं‌योजक प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरेको थियो । उक्त छलफलमा पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here