समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
सिड्नी , १८ पुस।
हालै अष्ट्रेलियामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको शव नेपाल पठाउन अष्ट्रेलियामा रहेका विभिन्न नेपाली समुदायहरुले पहल सुरु गरेका छन् ।
गत हप्ता मात्रै अष्ट्रेलियाको सिड्नी र एडिलेडमा एक किशोरी र एक किशोरको मृत्यू भएको थियो ।
उनीहरुको मृत्यु के कारणले र कसरी भएको भन्ने विषयमा अष्ट्रेलियन प्रहरीले अनुसन्धान गरिरहेकाे जनाइएको छ ।
अष्ट्रेलियाको सिड्नीस्थित ब्यांक्सटाउन क्षेत्रमा मृत अवस्थामा भेटिएकी नेपाली विद्यार्थी स्मृति आले मगरको शव फिर्ता पठाउन मगर समाज अष्ट्रेलियाले नेपाली समुदायसमक्ष आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।
मृतक मगरको शव फिर्ता पठाउनको लागि सहयोग गर्न चाहनेले Account Name: Magar Samaj Incorporate, BSB Number: 012366 र Account Number: 402034801 मा आर्थिक सहयोग गर्न समाजले अनुरोध गरेको छ ।
समाजका अध्यक्ष सुदर्शन मगरका अनुसार सबै डकुमेन्टेसनको काम पश्चात मृतकको शव एक हप्ताभित्र पठाइने छ ।
त्यसैगरी शुक्रबार एडिलेडस्थित बेस्ट बिचमा मृत अवस्थामा भेटिएका नेपाली विद्यार्थी निश्चल घिमिरेको शव पनि नेपाल पठाउन प्रक्रिया थालिएको छ ।
साउथ अष्ट्रेलियाका लागि नेपालका महावाणिज्यदूत दीपक धमलाले मृतकको शव फिर्ता लैजान महावाजिणज्य दूतावास र स्थानीय नेपाली समुदायबीच समन्वय भइरहेको जानकारी दिए ।