समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । भारतको अयोध्यावाट जनकपुरधामका लागि निस्केको जन्ती बुधवार राती नेपाल प्रवेश गरेको छ । ५ सय संख्यामा रहेका ती जन्तीलाई महोत्तरीको मटिहानी नगरपालिकामा भव्य स्वागत गरिएको छ । जन्तीमा अयोध्याका साधुसन्तहरु छन् ।

मटिहानीमा लक्ष्मीनारायण मठका महन्थ, पुजारी, जनप्रतिनिधि स्थानीयवासीले स्वागत गरेका थिए । जन्तीको आगमनलाई लिएर मटिहानीलाई झिलीमिली बत्तीले सजाइएको थियो ।

जन्ती आजै जनकपुरधाम आउने छन । जनकपुर आउने बाटो पर्ने गाउँहरुमा पनि जन्तीलाई विशेष स्वागत गर्ने कार्यक्रम छ ।

जन्तीको उपस्थितिमा वैदिक परम्परा अनुसार राम जानकीको विवाह हुनेछ । जन्तीलाई भोलि औपचारिक कार्यक्रम गरेर राष्ट्रपति विद्या देवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ । स्वागत कार्यक्रमका लागि ऐतिहासिक रंगभूमि मैदानलाई विशेषरुपले सजाइएको छ ।

गत विहीवार अयोध्यावाट जनकपुरधामका लागि जन्ती निस्केको थियो । त्रेता युगमा सीता स्वयंवरको वेला गुरु विश्वामित्रसंँग रामलक्ष्मण जुन बाटो भएर आएका थिए त्यही वाटो भएर जन्ती आउने गर्छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here