समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । वन तथा वातावरण मन्त्रालयले जंगली बँदेललाई हानिकारक जनावरको सूचीमा राखेको छ । हानिकारक जनावर घोषणासँगै अब जंगली बँदेललाई मार्न पनि पाइने भएको छ ।

मन्त्रालयले जंगली बँदेललाई ०७६ /०७७ सम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बँदेल खासगरी नेपालका तराई पहाड सबै क्षेत्रमा पाइने जनावर हो ।

जंगली बँदेललाई मन्त्रालयले अनुज्ञापत्रबिनै धपाउन, पक्रन वा मार्न सकिने निर्णयसमेत गरेको छ । बँदेलकै प्रजाति सानो जातको बँदेल भने संरक्षित वन्यजन्तुमा राखिएकोले यसलाई मार्न तथा धपाउन नपाइने मन्त्रालयले जनाएको छ । समाचार अन्नपूर्णमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here