समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको क्षीरेश्वर नेटवर्कको भुक्तानी पनि ईसेवाबाट गर्न पाईने भएको छ ।
जिल्लााको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरबाट संचालित ईन्टरनेटका सेवा प्रदायक संस्था क्षीरेश्वर नेटवर्कको भुक्तानी ईसेवाबाट गर्न सकिने संचालक हरिकुन्दन महतोले जनाए ।

मुलुकमा एक महिनाभन्दा बढीदेखि कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउन रहेको बेला हाम्रो ईन्टरनेट प्रयोगकर्ताहरुको सहजताको लागि यो भुक्तानी सेवा सुरु गरिएको संचालक महतोले जानकारी दिए ।

उनले लकडाउनको बेला हाम्रा प्रयोगकर्ताहरु घरबाट बाहिर निस्कने अवस्थामा छैनन् त्यसैले यो सेवा वहाँहरुको लागि प्रभावकारी हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here