समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, ३ माघ ।
राष्ट्रिय जनता पार्टी नेपालको संयोजक महेन्द्र राय यादव बन्ने भएका छन् । अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरपछि गत मंसिर ५ गतेबाट राजेन्द्र महतो संयोजक बनेका थिए ।
महतोको संयोजक पदको दुई महिने कार्यकाल समाप्त हुन लागेपछि माघ ४ गते अर्थात भोली बस्ने राजपा नेपालको बैठकले अव अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले संयोजकलाई जिम्मेवारी दिने तयारी भएको राजपाका एक केन्द्रिय नेताले जानकारी दिएका छन् । ६ पार्टीबीच एकता भएपछि राजपा नेपालमा ६ सदस्य अध्यक्ष मण्डल छन् भने त्यसै मध्येका एक अध्यक्ष मण्डलका सदस्य संयोजक बन्ने प्रावधान छ ।
राजपाका एक केन्द्रिय नेताका अनुसार पार्टी एकीकरण भएको लामोसमयसम्म महन्त ठाकुर नै अध्यक्ष मण्डलका संयोजक भएपछि पछिल्लो समय दुई महिने कार्यकाल रहने गरी चक्रिय प्रणाली लागु गरिएको छ । जस अनुसार भोली राजेन्द्र महतोको संयोजकको कार्यकाल सामाप्त हुन लागेको छ । गत मंसिर ४ गते बसेको राजपा नेपालको केन्द्रिय अध्यक्ष मण्डलको बैठकबाट राजेन्द्र महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
एक केन्द्रिय नेताले नाम सार्वजनिक नगर्ने सर्तमा भन्नुभयो ‘ भोली राजपा नेपालको केन्द्रिय अध्यक्ष मण्डलको बैठक बस्छ । त्यो बैठकबाट महेन्द्र राय संयोजक बन्ने पक्का पक्की जस्तै भएको छ ’ ।
साभार ः टुडेपाटी