समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सर्लाही । ६ बर्षअघि धनकौल गाउँपालिका वडा नम्बर ३ हरकठबामास्थापना भएको अन्नपुर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज दुइवर्ष देखि किसानको उँखुको रकम भक्तानि नगर्दा सिङो गाँउनै ऋणमा डुबेको छ ।

उखु खेती गरेपछि चिनी उद्योगमा बेच्दा रकम आउने र सो रकमले ऋण तिरिदिने आशमा महिनाथपुर गाँउबासिले ऋण लिएका थिए । उनीहरुले उखु पनि उब्जाए र नजिकै रहेको अन्नपूर्ण चिनी उद्योगमा उखु पु¥याइदिए । एक बर्ष मात्र होइन् लगातार दुई बर्षसम्म उनीहरुले आफूले उत्दान गरेको उखु धनकौल गाउँपालिका ३ स्थित अन्नपुण सुगर एण्ड जनरल इण्डष्ट्रिजमा पु¥याए तर उनीहरुले कुनै पनि बर्षका भुक्तानी पाएका छैनन् ।

२०७४ र २०७५ मा बेचेका उखुको मूल्य अझै पाएका छैनन् । जसले उखु बेचेर ऋण तिर्ने उनीहरुको सपनामाथि अहिले बज्रपात भएको छ । धनकौल गाउँपालिका वडा नम्बर ३ महिनाथपुरका रामदेव प्रसाद साहले दुई बर्षअघि ऋण लिए रु १० लाख,रु ७ लाख द सहारा को–अपरेटिभबाट १८ प्रतिशत व्याजदरमा र गाउँकै साहूबाट रु ३ लाख ३६ प्रतिशत व्याजदरमा । अपरेटिभमा उनले जग्गा धितो राखेर र साहूसँग कागज बनाएर ऋण लिएको बताए तर चिनि उद्योगले पैसा नदिदा साहुको यातनाले जिन्दिगिनै तनावमा भैसकेको बताए ।

साहले मतृका प्रसादयादब उद्योग वञिज्य तथा आपुर्तिमन्त्रीहुँदा याहाँआएको बेला १५ दिनमा पैसा दिलाइ दिने अश्वासन दिएका थिए तर १५ महिना बितिसक्दापनि पैसा भने पाइएको छैन् हामीगरिब रोइरहे छौ अब हाम्रोलागि त् यसदेसमा कुनै कानुननै नरेहेको दुखेसो पोखे ।

साह जस्तै महिनाथपुरकै नागेश्वर सहनीले २ बर्षअघि गाउँकै साहूबाट ऋण लिए उखु खेती गर्न र घर चलाउनका लागि । रामदेव झैं उनले पनि उखु बेचेर आउने रकमले ऋण तिरिदिने सोचेका रहेछन् । उनले अन्नपूर्ण मिललाई उखु त बेचे तर भुक्तानी पाउन सकेका छैनन् । ‘बेचेको उखुको भुक्तानी आएको छैन् । लिएको ऋणकै व्याज एक लाखभन्दा बढी भइसकेको छ ’ उनले भने, “३ प्रतिशत व्याजदरमा लिएको ऋण अहिले टाउको दुःखाई बनेको छ ।”

महिनाथपुरका रामदेव र नागेश्वर मात्र होइन् गाउँका हरेक परिवार ऋणमा डुबेका छन् । यो गाउँका रामसागर महतो, जयनारायण महतो, रामदेव महतो, सुजित कुमार कुसवाहा, शेख समीम, रामदेव साह, रामेश्वर रायसहित गाउँका हरेक परिवारले ऋण लिएको छ ।

कसैले साहूसँग त कसैले जग्गा धितो राखेर बैंक तथा सहकारीसँग ऋण लिएका छन् ।“गाउँका यस्ता कुनै व्यक्ति छैनन्, जसले ऋण लिएको नहोस् ।”

चिनी मिलले समयमै उखुको भुक्तानी गरिदिएको भए उनीहरुको ऋण सकिसकेको हुन्थ्यो । तर अन्नपूर्ण चिनी मिलले दुई बर्ष यता लगातार भुक्तानी नगर्दा उनीहरुले ऋण लिएको सावाको व्याज नै दोब्बर पुग्ने संघारमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here