समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रायः कुनै नव प्रतिष्ठान तथा व्यवसायको समुद्घाटन वा सुरुवात हुँदा ठूला नेता वा मन्त्रीलाई बोलाएर रिबन काट्ने चलन पूरानै हो ।

तर, जनकपुरमा बुधबार एक अनलाइन विजिनेसको कार्यालय उद्घाटनमा त्यो भन्दा फरक दृश्य देखियो ।

रिबन काट्नेमा अनाथ आश्रमबाट एउटी चेलीलाई बोलाइयो, र साथमा थिए आश्रमका सञ्चालक सन्त आलोक ।

हेर्दा दृश्य रोचक र मनोरम थियो । जनकपुरका केही युवाहरुले सञ्चालन गरेका अनलाइन फूड डेलिभरी ‘फूडपुर’ को कार्यालय उद्घाटनका लागि सन्त कवीर बाल बात्सल्य (अनाथ आश्रम) बाट बालिकालाई बोलाइएको थियो ।

सन्त आलोकले बालिकालाई काखमा राखेर कार्यालयको रिबन काटेर उद्घाटन गरेका छन् । आश्रमबाट आएका आमा र सन्त आलोकले मन्त्र उचारण गरेर बालिकाको हाथबाट रिबन काटिएको छ ।

सुभराम्भको बेला आश्रमकी मीरा आमाले मंगल गीत समेत गाएकी थिइन् । युवाहरुको संलग्नतामा सञ्चालनमा आएको अनलाइन फुड डेलिभरी सेन्टरको यस नौलो र अनौठो उद्घाटन हेर्न आएका आमन्त्रित आगन्तुकहरुले सञ्चालकको प्रशंसा गरेका थिए ।

गुगल एप्लिकेशनमा एप डाउनलोड गरी त्यसमा उपलब्ध मेनु अनुसार ग्राहकले आफ्नो रुचि अनुसारको खानेकुरा घरमै मगाउन सक्ने व्यवस्था मिलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here