समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, १६ फागुन ।

संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि मंगलबारसम्म हुने कार्यक्रममा जाने निर्धारित कार्यक्रम मन्त्री अधिकारीको थियो । ‘युरो एसिया माउन्टेन कन्क्लेभ’ नाम लिएको कार्यक्रममा  भाग लिएर नेपालको प्रवर्द्धन गर्ने मन्त्री अधिकारीको सपना अधुरै रहेको छ ।

मन्त्री अधिकारी स्वकीय सचिव दीपक थापा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसँगै बिहीबार बिहान ८स्५० बजे कतार एयरवेजमार्फत् कार्यक्रममा जाने निश्चित भएको थियो । 

जर्मनीको म्युनिख एयरपोर्टले नेपालमा विमानस्थल निर्माणमा चासो देखाएकाले सो विमानस्थलको व्यवस्थापन अध्ययनसहितको विषयमा जानकारी लिन मन्त्री अधिकारी त्यहा जान लागेका थिए । अधिकारी शनिबार र आइतबार जर्मनीको कार्यक्रममा सहभागी हुने पूर्व्निर्धा्रित कार्यक्रम थियो । 

उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने, नेपालको पर्वतीय पर्यटनमा भएको नकारात्मक विषयलाई चिर्न सकारात्मक सन्देश दिने खालको प्रवद्र्धन गर्ने र नेपाललाई हिमालयन डेस्टिनेशनको रूपमा प्रवर्द्धन गर्ने तयारी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here