समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरटाईम्स डेस्क
जनकपुरधाम, ३ फागुन ।
घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।
पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार पाठकले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् ।
पाठक राजिनामा दिन केहीबेर अघि मात्रै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । यद्यपि राष्ट्रपति कार्यालयले भने यसबारे कुनै प्रतिकृया दिइसकेको छैन ।
पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो । यसअघि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाठकविरुद्ध महाअभियोग लगाउन आजैबाट प्रकृया सुरु गर्ने बताएका थिए ।
आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ घुस लिएको बताइएको छ ।